Saturday, June 20News That Matters

पहिरोमा पुरिएर आमा र दुई बच्चाको मृत्यु, १ बच्चा बेपत्ता

पूर्णपुष्टि, भदौ ३

रसुवामा पहिरोमा पुरिएर एकै परिवारको तिन जनाको ज्यान जानुका साथै एक जना बेपत्ता भएको छ ।

अबिरल बर्षाका कारण आज राति ३ बजेतिरको समयमा घरमाथी बाट आएको पहिरोमा परी परिवारका ३ जनाको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । बेपत्ता अर्का एक बच्चाको खोजीकार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको र अर्को एक जनाको खोजी भइरहेको जनाएको छ ।

पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए ।

पहिरोमा परी श्याम बहादुर घाईते भएका छन् । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।