मेयरलाई मुक्का हान्ने युवक सामान्य धरौटीमा रिहा

पूर्णपुष्टि, असोज १२
बुटवलमा मेयरलाई मुक्का हानेर प्रहरी नियन्त्रणमा रहेका युवक ५ हजार धरौटीमा रिहा भएको छ । मुक्का हान्ने युवा वुटवल जोतिनगरका पहिरो पिडित हुन् । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हानेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । ती युवा बुटवल ३ ज्योति नगरका गणेश पंगेनी हुन् । पंगेनीलाई समान्य धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए ।
पंगेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए । प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो । उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य समेत रहेको खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: