Monday, May 4News That Matters

मेयर कप फुटबल प्रतियोगिता : चौथौ दिन वडा नम्बर १४ साउने बिजयी

पूर्णपुष्टि,असार १२ । उदयपुरको त्रियुगा नगरपालिकाका प्रमथ मेयर स्वर्गीय लालशेर राईको ३३औँ स्मृतिमा जारी फुटबल प्रतियोगितामा वडा नम्बर १४ साउने विजयी भएको छ । मंगलबार विहानको करिव ८ बजे देखि थरुहट रंगशालामा सुरु भएको खेलमा साउनेले वडा नम्बर ७ राजाबासलाई ०को विरुद्द १ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफको खेलमा दुवै टिमले उत्कृष्ट खेल प्रदशर्नी गर्दापनि कुनै परिणम स्वरुपम गोल हुन सकेन् । दुवै टिमका खेलाडिहरु गोल आफ्नो पक्षमा पार्नको धेरै प्रयास गर्दा पनि उक्त प्रयास असफल रह्यो । यद्दपी दोस्रो हाफको खेल सुरु भएको केहि समयमा साउनेले काउन्टर अट्याकिङ खेल प्रदर्शन गर्दै जीत आफ्नो पोल्टामा पारेको छ ।

दोस्रो हाफको ५६औँ मिनेटमा जर्सी नम्बर ७ का खेलाडि खिल राज मगरले आशिष राईको पासमा गोलपोस छेउमा आएको बललाई सदुपयोग गर्दै विपक्षी टिमका पोसजाली चुमाउँदै निर्णायक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच साउँनेका तर्फबाट जर्सी नम्बर १०का खेलाडि आशिष राई घोषित भएको छ । उनले नगद रु,१००० प्राप्त गरेको छ । आजको दोस्रो खेल दिनको ठिक ४ः३० बजे देखि वडा नम्बर ३ र आयोजक वडा नम्बर ११ बिच प्रतिस्पर्धा हुँने म्याच कमिस्नर उदय राईले जानकारी दिए ।

प्रतियोगिताको म्यान अफ द म्याच साउँनेका तर्फबाट जर्सी नम्बर १०का खेलाडि आशिष राई नगद रु १००० प्रदान गर्दै वडा अध्यक्ष हेम मगर ।