Thursday, June 18News That Matters

मेयर बालेनको प्रश्न : वडा अध्यक्षकै काम गर्न मन भए सांसद किन बन्नु

पूर्णपुष्टि, जेष्ठ १६ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन शाहले सांसदहरुमाथि फेसबुक मार्फत प्रश्न गरेका छन् । उनले आफ्नो फेसबुकमा वडा अध्यक्षकै काम गर्न मन भए सांसद किन बन्नु भन्दै प्रश्न उठाएका हुन् । उनले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको समेत टिप्पणी गरेका छन् ।

सांसद विकास कोष व्युताएपछि उनले फेसबुकमा लेखेका छन् ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’

अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले खारेज गरेको सांसद विकास कोष अर्थमन्त्री डा. प्रकाशशरण महतले व्युताउँदै आर्थिक वर्ष २०८०–८१ को बजेटबाट ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेका छन् । उक्त कोषबाट प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरिएको छ । एउटा आयोजनामा न्यूनतम एक करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गरिने मन्त्री महतको भनाइ छ ।