
पूर्णपुष्टि, भदौ ५ गते ।
नुहाउनको लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा एक किशोरीको सप्तरीमा ज्यान गएको छ । खडक नगरपालिका–११ लालपुरका लखन रामकी १६ वर्षीय छोरी कमला कुमारी रामको करेन्ट लागि ज्यान गएको हो ।
नुहाउनका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
