
पुस ४ गते ।
मोटरसाईकल चोरी गर्ने ठूलो गिरोह काठमाडौंमा पक्राउ परेका छन् । काठमाण्डौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने समूह पक्राउ परेका हुन् ।
उपत्यकाका विभिन्न ठाउँबाट चोरीमा संलग्न व्यक्तिहरु समातेपछि मोटरसाईकल चोरीमा ठूलो समूह सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ । हराएका मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा क्रमशः सन्दीप गुरुङ, सोम सुनार, मदन तामाङ, सन्तोष गोले, चन्द्रागिरिका रिन्जेन मोक्तान, नवलपरासीका भरत थापा, सिन्धुलीका विक्रम भुजेल, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, बर्दियाका राजु पौडेललाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका क्षेत्रबाट केहि दिन भित्र नौ वटा मोटरसाइकल हराएको प्रहरीले जनाएको छ ।
