Tuesday, August 11News That Matters

मोटरसाइकल दुर्घटनामा दुईको ज्यान गयो

पूर्णपुष्टि,चैत १०

मोटरसाइकल दुर्घटनामा सिरहाको नरहा गाउँपालिका–२ पानबारीमा दुई जनाको ज्यान गएको छ । स ६ प ९१५१ र स ८ प २२५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई हिजो राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स ६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक विष्णुपुर गाउँपालिका–४ का २८ वर्षीय दीपु पासवान र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार बस्ने २५ वर्षीय गुरुदेव महतो रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका स ६ प ९१५१ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको विराट नर्सिङ होम र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार एक जनाको लहान नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।