Sunday, June 21News That Matters

मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

पुर्णपुष्टि, जेठ ४

मोरङमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलले ठक्करदिँदा स्थानिय ५० वर्षीय बाल कुमार बस्नेतको मृत्यु भएको हो ।

सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही राती ९ बजे मृत्यु भएको  ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

मोटरसाईकल चालक सुनसरी ईटहरी–७ का २५ वर्षीय समराज्य चौधरी पनि घाईते भएकोले उनलाई सोही अस्पतालमा उपचार गराईरहेको र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।