Sunday, June 21News That Matters

जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु

पुर्णपुष्टि, जेठ ४

झापामा जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मेचिनगर नगरपालिका–९ का ४५ वर्षीय श्याम राईको हात्तिको आक्रमणबाट मृत्यु भएको हो ।

सोमबार रातिको साढेँ ९ बजेको समयमा मागुरमाणी सामुदायिक वनबाट एउटा जंगली हात्ति गाउँ पस्दा खेदाउने क्रममा स्थानिय राई हात्तिको आक्रमण बाट घाईते भएका थिए ।

राईको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।