
पूर्णपुष्टि, जेष्ठ ४
ट्रकमा एक क्विन्टल गाँजा फेला परेको छ । मकवानपुर प्रहरीले ट्रकमा लोड गरिएको एक क्विन्टल गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकखण्डमा ना २ ख ९८६२ नम्बरको ट्रकलाई रोकेर चेक गर्दा गाँजा बरामद भएको भएको हो ।
ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइते बहादुर ठाडामगर भिमफेदी गाउँपालिका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
