Sunday, June 28News That Matters

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ, चैत्र १९

मोरङमा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । रतुवामाई नगरपालीका ३ बस्ने ६० बर्षीया चिन्तिदेबि ताजपुरीयाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।

मे११प ५४५५ नम्बरको मोटरसाईकलले बुधवार बेलुका ५ बजे पैदल हिड्दै गरेकी ताजपुरियालाई ठक्कर दिदा घाईते भएको थियो । घाईते भएकी ताजपुरियाको रंगेली अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।