Monday, July 6News That Matters

मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

पूर्णपुष्टि, पुष १७
सुनसरीको कोशी गाउँपालिका–८ पुर्ब पश्चित राजमार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५९ बर्षीय सिता देबि मुखिया रहेकी छिन् ।

शनिवार अपरान्न ४ बजे पश्चिमबाट पुर्ब तर्फ जादै गरेको BR32AH6244 नम्बरको भारतिया मोटरसाईकलले ठक्कर दिदा घाईते भएकी मुखियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्करदिने मोटरसाईकल चालक भारत मधुवनि गाउँपालिका– २६ का २२ बर्षीय अनिल कुमारलाई प्रहरीले पक्राउ गरी घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।