Monday, July 6News That Matters

५ बर्षमा राम्रो काम गरेर संघियताको विरोधीलाई प्रदेशको महत्व बुझाउँछौ

पूर्णपुष्टि, पुष १७ गते ।
पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधीरलाई जवाफ दिनुपर्नेमा नयाँ निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन ।
शनिवार नव निर्वाचित सांसद हरुलाई पुस १५ र १६ गते प्रदान गरेको दुई दिने अभिमुखिकरणको समापन कार्यक्रममा बोल्दै सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधी हरुलाई जवाफ दिनु पर्ने बताए ।
प्रदेशको नामाकरण सँगै पाँच बर्षसम्म पार्टी अनि सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहार बाट मुक्त्त भएर सबै दलहरुले सहकार्य गरे मात्र प्रदेश संरचना विकासको अधिकारका लागि आवश्यक छ भन्ने औचित्य पृष्टि हुने दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरुको भनाई छ ।
समापन कार्यक्रमा बोल्दै सबै भन्दा ठूलो दल नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीले प्रदेश भड्किलो र खर्चिलो भयो यसको काम छैन खारेज गर्नुपछर्’ भन्ने प्रश्नहरु उठन थालेकोले त्यसलाई गलत बनाउन अबको पाँचबर्ष सबै दलहरुले आपसी समन्वय गरेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले राजनैतिक पार्टीहरु सत्ता र प्रतिपक्षको विभेदबाट मुक्त्त भएर एकताको भावनाले कामगर्न सके पाँचबर्षमा प्रदेश सभा विकासका लागि आवश्यक छ भन्ने सहजै पृष्टि हुने दाबी गरे । नेता राजभण्डारीले पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसक्दा पनि संघियता विरोधी प्रश्नहरु उठेको जनाए । यसको सामाधान गर्न प्रदेशको नाम सबै दलको सहमतिमा हुने पर्ने जनाए ।
काँग्रेस संसदीयदलका नेता उद्धव थापाले प्रादेशिक संरचनागलत हैन सहीहो भन्ने कुरा प्रदेश सभा र सरकारले व्यवहारबाट पृष्टि गर्नुपर्ने चुनौतीथपिएकोेले चनाखो भएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । नेता थापाले प्रभावकारी कानुन बनाउन र बनेका कानुनहरु कार्यान्वयन गराउँदै सरकारको निगरानी गर्न सकेमा प्रदेश विकासले फडको मार्ने र संघियता गलत हो भन्नेहरुको प्रश्न आफै गलत साबित हुने बताए ।
माओबादी केन्द्रका नेता दुर्गा चापागाँईले निर्वाचित भएका सबै दलका सांसदहरुले पाँचबर्ष चनाखो भएर काम गर्न सके प्रदेश गलतहो भन्नेहरु आफै गलत साबित हुने बताए । उनले भने र्, हाम्रो मुख्य चुनौती नै प्रदेशको औचित्य सार्थक बनाउने हो यसैले हामीले फुटेर हैन जुटेर काम गर्नुपर्छ ।’,