पूर्णपुष्टि, पुष १७
चौदण्डीगढी नगरपालिका ४ मा ५० भोल्टेज बराबरको ट्रान्सर्फर चोरी भएको छ । स्थानीयहरुका अनुसार उक्त ट्रान्सर्फर आईतबार रातिनै चोरी भएको हुन सक्ने जनाएको छ । शनिवारे राजापानी खानेपानी तथा सरसफाई योजना समितिका सदस्य बिकास राईका अनुसार आफुहरुले हिजो (शनिवार) मात्रै ट्रान्सफर्मच चोरी बारे थाहा पाएको जनाए । राईका अनुसार यो आईतबार रातितिरै चोरी भएको हुनसक्ने जनाए । खोलाको पानी अल्ट्रासाउण्ड बाट ट्याङ्की सम्म पुराउन प्रयोग गरिने ट्रान्समिटर चोरी भएको राईले जनाए । प्रदेश सरकारको करौँडौको लगानीमा ३ बर्ष अघिदेखी उक्त योजना संञ्चालनमा थिए । योजनाका काम लगभग अन्तिम चरणमा पुगेका थिए । खोलाबाट ट्याङुकीमा पानी परिक्षण सँधै प्रयोगका लागि राखिएको ट्रान्सफर्मर चोरी भएपछि समस्या परेको छ । यस योजनाले करिब १ हजार भन्दा बढी उपभोक्तहरुलाई खानेपानी वितरण गर्ने योजना थियो । समिति तथा स्थानीयहरुका अनुसार कसरी चोरी भएको भन्ने बारे जानकार नरहेको जनाए । आफुहरुले अनुमान लागाउँदा कवाडी बटुल्नेहरुको गाउँघरमा बढ्दो उपस्थितिले केही संका जागेको जनाए । उनिहरुलाई त्यसवारे सबै थाहा हुने र खोल्ने सामाग्रीहरु समेत साथमा हुनाले उनिहरुले नै चोरी गरेको हो की भन्ने संका गरेको छ । पछिल्लो समय गाउँघरमा कवाडी सामान बटुल्नेहरुको जमात बढ्दो छ । प्रहरीले केहि व्यक्तिहरुलाई प्रक्राउ गरी अनुसन्धान समेत गरिरएको स्थानीयले जनाएको छ ।
