Monday, July 6News That Matters

बसाहामा किरात बायुङ राईहरुको भव्य बार्षिकोत्सव र राष्ट्रिय भेला हुने, प्रचार प्रसार तिव्र

पूर्णपुष्टि, पुष १७
किरात बायुङ राईहरुले यहि पुष २० गतेका दिन उदयपुरको बसाहामा आफ्नो बार्षिकोत्सव तथा दोस्रो साधारणसभा भव्य रुपमा गर्ने भएको छ । किरात बायुङ सम्निुखिम केन्द्रीय कार्यसमितिको आयोजना, किरात बायुङ सम्निुखिम जिल्ला कार्यसमितिको समन्वयमा कार्यक्रम बसाहा स्थित नारदमुनी खेल मैदानमा हुन लागेको जनाईएको छ । उक्त कार्यक्रममा सम्पूर्ण संस्कार संकृति, भाषा, कलापे्रमीहरुलाई बिषेश आमन्त्रण गरिएको छ । सोही कार्यक्रमको लागि यतिबेला स्थानीय युवाहरुले प्रचारप्रशारलाई तीव्रता दिएका हुन् ।
कार्यक्रमलाई सफल बनाउँन संस्थाका जिल्ला सल्लाहाकार राजु राई, र दिनेश राई दैनिक पर्चापम्प्लेट र तुलव्यनरहरु टाँस्दै राख्दै हिडेको दिनेशले जानकारी दिए । दुई प्रवास शाखाहरु हङकङ र युकेसमेत उदयपुर, ओखलढुंगा, सोलुखुम्वु, खोटाङ, सुनसरी, पाँचथर, मोरङ र सल्यानगरी १० वटा जिल्ला शाखाहरुबाटसमेत प्रतिनिधिहरुको उपस्थिती रहन बताइएको छ । उक्त कार्यक्रमको दिन आफ्नो किराती मौलिक भेषभूषामा उपस्थित हुन बायुङ समुदायमा आयोजकले आह्वानसमेत गरेको छ ।