Monday, July 6News That Matters

आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरु

पूर्णपुष्टि, पुष १७ । आज गे्रगोरियन पात्रोअनुसार अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो ।

पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ ।

आजको दिन पर्यटकको भीड भाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘ न्यू इयर इभ ’ का नाममा यो संवत् मनाइन्छ ।