
सुनसरी, असार ९
सुनसरीमा मोटरसाईकलले साईकललाई ठक्कर दिदा एक साईकलयात्रीको मृत्यु भएको छ । ईनरुवा–७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।
ईटहरी–८ खोलाटोली स्थित भित्रि सडक खण्डमा को ३९ प ५५७२ नम्बरको मोटरसाईकलले आज दिउसो पौने १ बजे साईकलयात्री मोहमदलाई ठक्कर दिदा उनको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवा नियन्त्रणमा लिएको ईप्रकाले जनाएको छ ।
