Saturday, June 13News That Matters

अमेरिका प्रवेशमा एअर इण्डियाका जहाजलाई प्रतिबन्ध

पूर्णपुष्टि, असार ९ 

एअर इण्डियाका जहाजको चार्टर्ड उडानमा अमेरिकाले प्रतिबन्ध लगाएको छ । हवाई उडान सम्बन्धी अमेरिकी कानुन उल्लङ्घन गरेकोले अमेरिकाले एअर इण्डियालाई प्रतिबन्ध लगाइएको ‘द हिन्दू’ ले जनाएको छ ।

एअर इण्डियाले चार्टर्ड उडान भनेर अनुमति लिए पनि यात्रुसँग टिकट काटेर उडान गरेपछि प्रतिबन्ध लगाइएको अमेरिकाको यातायात विभागले जनाएको छ ।

अमेरिकाले एअर इण्डियाको कार्यलाई विभेदकारी र अपारदर्शी कामको संज्ञा दिँदै आफ्नो देशको हवाई कानुनको गम्भीर उल्लङ्घन भएको जनाएको छ । यसले दुई देशबीचको हवाई सम्झौताको पनि उल्लङ्घन भएको अमेरिकाले जनाएको ‘टाइम्स अफ् इण्डिया’ ले लेखेको छ ।

अब एअर इण्डियाले अमेरिकामा उडानको लागि फेरि त्यहाँको विभागसँग अनुमति माग्नुपर्नेछ । भारतले मे ६ तारिखदेखि विभिन्न देशबाट आफ्ना नागरिक उद्धार गरिरहेको छ । अमेरिकाबाट पनि उसले १८ जुन अर्थात् गएको बिहीबारदेखि उद्धार सुरु गरेको थियो ।