Thursday, May 7News That Matters

सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ९

सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय १० पुगेको छ ।

कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुषसहित ४४ जना, भजनीकी १९ वर्षीया युवती र कैलालीकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका १÷१ जना पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

अहिलेसम्म सबै भन्दा बढी कैलालीमा ३ सय ८७, डडेल्धुरामा २ सय ४, बैतडीमा १ सय ५६, डोटीमा १ सय ६१, कञ्चनपुरमा १ सय ९, अछाममा ८२, बाजुरामा ७३, बझाङमा २५ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भईसकेको छ ।

उक्त संक्रमित मध्ये ५ जनाको मृत्यु भइसकेको छ भने १ सय ६५ जना निको भएर डिस्चार्ज भईसकेको छ ।