
पूर्णपुष्टि, चैत १ । सुनसरीको बर्जु गाउँपालिका–२ स्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–३ की ३६ बर्षीया चन्द्रकलादेबी रहेकी छिन् ।
आज राती साढे १ बजे को. ७ प ५६५ नम्बरको मोटरसाईकलको पछाडि सवार रहेकि चन्द्रकलादेबी मोटरसाईकलबाट आफै लडी घाईते भएकी थिईन् । घाईते भएकी उनलाई मोटरसाईकल चालक उनको श्रीमान ४१ बर्षीय सैलेन्द्र रायले उपचारको लागि कोशी अस्पताल बिराटनगर लगेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न चालक रायलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
