Monday, April 20News That Matters

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाईते

पूर्णपुष्टि, २५
सुनसरी रामधुनी–६ कान्छि चौक चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने एकजना घाईते भएका छन् । दुर्घटनामा मोरङ कानेपोखरी गाँपालिका–६ का १८ वर्षीय रितिक राईको मृत्यु भएको हो । त्यस्तै, मोटरसाईकलमा पछाडी सवार सोही स्थानका २१ वर्षीय निरज राई भने घाईते भएका हुन् ।
हिजो राती १२ बजे उत्तर तर्फ जादै गरेको ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाईते भएका थिए । घाईते दुवैलाई उपचारको लागि घोपा धरानमा पठाईएको थियो । उपचारको क्रममा रितिकको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अर्का घाईते निरजलाई थप उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ । दुर्घटना भएको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ । घटनाको बोरेमा थप अननुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।