Sunday, April 19News That Matters

१० केजी गाँजासहित एक पक्राउ

पूर्णपुष्टि, भदौ २५
मोरङ बिराटनगर महानगरपालिका–४ कञ्चनबारी स्थितमा प्रहरीले १० केजी लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । धनकुटा सहिद गाँउपालिका–७ का २४ वर्षीय सागर राईलाई गाँजासहित पक्राउ गरेको हो । हिजो बेलुका साढे ८ बजे सीआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजासहित पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।