Monday, July 6News That Matters

मोटरसाईकल दुर्घटनामा परी एकको ज्यान गयो, एक जना गम्भीर घाईते

पूर्णपुष्टि, साउन १५

मोरङ बेलबारी नगरपालिका–९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने एकजना गम्भीर घाईते भएको छन् । मोटरसाईकल चालक बेलबारी–९ का २८ वर्षीय उमेश चौधरीको दुर्घटनामा ज्यान गएको हो ।

हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र.१–०२–०४३ प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । सो दर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे ज्यान गएको थियो । मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० वर्षीय श्रवण कुमार विश्वास गम्भीर  घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल अस्थाई प्रहरी चौकी डाँगाबजारमा रहेको छ ।