Wednesday, May 20News That Matters

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

मोरङ, माघ १७ गते । 

मोरङको बेलवारीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–५ कसेनीमा विहान राती पौने १ बजे मोटरसाईकल दुर्घटना हुदा राजकुमार सरदारको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ प ६९२३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएको मोटरसाईकल चालक ग्रामथान गाउँपालिका–५ निवासी २० बर्षीय सरदारको उपचारका लागी धरान लगि उपचारको क्रममा बिहान साँढे ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।