
पूर्णपुष्टि, ३ असोज ।
पहिचानको आधारमै प्रदेशको नामाकर गर्नु पर्ने भन्दै पहिचानपक्षधरले आफ्नो आन्दोलन जारीनै राखेको छ । मंगलबार प्रदेश नं १ भरीकै पहिचानवादीहरु बिराटनगरमा भेला भएर मोटरसाईल र्याली सहित शक्ति प्रदर्शन गरे ।
पहिचानवादीहरुले पहिचानकै आधारमा नामाकरण गर्नु पर्ने माग राखिरहँदा हिकमत कार्की नेतृत्वको सरकारले भने संविधानमा उल्लेख गरेको संघियतालाई कुल्चिएर प्रदेशको नामाकरण गरेको पहिचानवादी नेताहरुको आरोप छ । पञ्चायती शासनमा राखेको कार्की नेतृत्वको सरकारको प्रदेश नामाकरण पहिचावादीहरुले कुनै हालतमा नमान्ने जनाए । असन्तुष्टकाबीच राखिएको नामाकरण ख्यारेज गरी पहिचान सहितको नामाकरण राख्नु पर्ने पहिचानवादीहरुको माग छ ।
प्रदेशसभाले फागुन १७ मा प्रदेशको नामा राख्न सफल भएपनि प्रदेशवासीहरुको सन्तुष्टीमा भने सरकार चुकेको छ । पहिचानपक्षधरको आन्दोलन जारी रहँदा प्रदेशका पहाडी जिल्लाहरुमा कार्यक्रमहरु अझै सहजले संञ्चालन हुन सकेको अवस्था छैन् । कोशी प्रदेशको ब्यानर बोर्ड , छाप र लेटरप्याडहरु पनि च्यात्ने काम जारीनै छ । पहाडी जिल्लाहरुमा पालिका तथा सरकारी कार्यालयहरुले अझै पनि कोशी प्रदेश लेखेको सामाग्रीहरु प्रति आक्रोस जनाउँदै आएका छन् ।
कोशी नाम मान्दैनौ, ८२ जना संसद मुर्दावाद, किरात लिम्बुवान जिन्दवाद लगायतका नारासहित मोटरसाईकल ¥याली विराटनगरको महेन्द्र चोकमा हजारौ प्रदर्शनकारीसहित कोणसभामा परिणत भएको थियो ।
प्रदेश नं। १ पुनः नामांकन संयुक्त संघर्ष समितिद्वारा आयोजित ¥यालीपछिको कोणसभालाई पहिचान पक्षधरका नेताहरु पदम जगेवु, रमेश राई, ज्ञानु लिम्ब, पदम अधिरी, लाक्पा शेर्पा, किरायाका संघीय अध्यक्ष जीवन हाताचो र दलित अभियान्ता नरेश विकले कार्यक्रमलाई संवोधन गरेका थिए ।
