Friday, October 4News That Matters

मोडर्न इन्स्टिच्यूटविरुद्ध अनेरास्ववियु (क्रान्तिकारी) को विज्ञप्ती, आरोप निराधार रहेको प्रिन्सिपल यादवको भनाइ

पूर्णपुष्टि/उदयपुर, साउन ७ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सगरमाथा क्षेत्रीय समन्वय समितिले सोमबार मोडर्न इन्स्टिच्यूट अफ हेल्थ साइन्स, गाईघाटको विरुद्धमा विज्ञप्ती जारी गर्दै अनिश्चितकालिन तालाबन्दी गरेको जनाएको छ ।

सिटिइभिटिले तोकेभन्दा दोब्बर शुल्क तोकेको, छात्रबृत्तिवापतको रकम खाएको, विद्यार्थीलाई डर, धम्कीमा राख्ने, यौन दूब्र्यवहारसमेत हुने आरोप विज्ञप्तीमा लगाईएको छ ।

संयोजक डि.बि. लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा निजि शैक्षिक क्षेत्रमा देखिएका विकृति, विसंगति र बेथितिलाई सम्बन्धीत निकायले नियन्त्रण गर्न नसक्दा गरीबका छोराछोरीले पढ्न नपाएको उल्लेख गरेको छ ।

प्रिन्सिपल यादवद्वारा विज्ञप्तीद्वारा खण्डन

यसैबीच मोर्डन इन्स्टिच्युट अफ हेल्थ साईन्स गाईघाटका प्रिन्सीपल खेमचन्द्र यादवले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले विज्ञप्तीमार्फत लगाएको आरोपहरु निराधार रहेको जनाएका छन् ।

यादवद्वारा सोमबार जारी विज्ञप्तीमा अनेरास्ववियु क्रान्तिकारी (विप्लब समुह) नामका केही युवाहरुले कलेज परिसरमा कर्मचारीमाथि गालीगलौज, तालाबन्दीको प्रयास र सामाजिक सञ्जालमा विज्ञप्ती जारी गरेर मोर्डन इन्स्टिच्यूटको गरिमामा आँच आउने र आप्mनो व्यक्तिगत चरित्र हत्या गर्न खोजेको भन्दै खेद व्यक्त गरेका छन् ।

विज्ञप्तीमा चर्को शुल्क नलिएको, कुनै पनि विद्यार्थीमाथि दूब्र्यवहार नगरेको जनाउदै प्राविधिक शिक्षा विस्तार र रोजगारको राम्रो वातावरण सिर्जना गरेको दावी गरिएको छ । यादवले शिक्षालय, आफु र आप्mनो परिवारको सुरक्षाको लागिसमेत सम्बन्धीत निकायसंग अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0