
पूर्णपुष्टि, माघ १९ गते । उदपुरको मोतिगडा क्याम्पस भित्र पुरानो ऐतिहासिक अबषेशहरु फेला पर्ने क्रम जारी रहेको छ । केहि दिन देखी पुरातत्त्व बिभागले उदयपुरको बिभिन्न ठाउँहरुमा उक्त सामानहरुको उत्खनन गरिरहेको छ । त्रियुगा नगरपालिकाले आफ्नो क्षेत्र आसपासमा रहेको यी अबषेशहरुलाई उत्खनन गरी अनुसन्धान गर्नु पर्ने माग राखे सँगै काठमाण्डौँ बाट ६ जना को पुरातत्त्व बिज्ञ टोली खटेको छ ।
खाट मन्दीरमा उत्खनन गर्दा सामाग्री फेला नपरेपछि मोतिगडा क्याम्पसमा टोलीले उत्खनन सुरु गरेका थिए । टोलीले ४ ठाउँमा उत्खनन गर्ने गरी आएका थिए । मोतिगडा र खाट मन्दिर सँगै जलजलेको भुभाग र दमौटीमा समेत उत्खनन गर्नु पर्ने नगरपालिकाले पत्रमा उल्लेख गरेका थिए । मोतिगडामा टोलीले बिभिन्न संरचनाहरु सँगै पुरानो इटाको गाह्रो, पुरानो मुर्तिको टुक्राहरु, पोट्रीको टुक्राहरु फेला पारेको छ । हाल सम्म टोलीले १० मिटर लम्वाई र १२ मिटर चौडाई रहेको पुरानो भवनमा उत्खनन गरिरहेको छ ।
पुरातत्त्व बिभाग टोलीका एक सदस्यका अनुसार उक्त संचरना र सामाग्रीहरु यहि समयको भन्न सकिने अवस्था नरहेको जनाए । केहि समानको टुक्राहरु बाट समय काल खण्ड पत्ता नलाग्ने र कसको संरचना कसले प्रयोग गरेको भन्ने बारे अहिले नै एकिन नहुने जनाए । यसलाई पूर्ण रुपमा बिभागमा लगरेर अनुसन्धान गरे पश्चात मात्र यसको समय काल खण्ड भन्न सकिने जनाए । उनले अनुमानको आधारमा भने यो संरचना र सामाग्रीहरु लिच्छीबी कालको हुन सक्ने जनाए । उत्खननकै क्रममा उक्त संरचना भवन आसपास ४ ओटा सुरक्षा पोष्ट हुन सक्ने अनुमान समेत गरिएको छ । संरचनामा निर्माण गरिएको कुनै लिखित सामाग्री र त्यस बेलाको सिक्काहरु समेत फेला नपरेको कारण अहिले नै एकिन नहुने जनाए । अनुसन्धान बिभिगले फेला परेको सामाग्रीहरुलाई अनुसन्धान र सुरक्षाको लागि काठमाण्डौँ लैजाने तयारी गरिरहेको पुरातत्त्व बिभागका सहायक छविकार रामचन्द्र श्रेष्ठले जनाए । यसलाई स्थानीय सरकारले यदि संरक्षण गर्न सकेको खण्डमा उक्त सामाग्रीहरु अनुसन्धान पछि फिर्ता गर्न सकिने पनि श्रेष्ठले जनाए । तर यो पुरानो सामाग्रीहरु भएको कारण संरक्षण्मा चुनौती हुने भन्दै बिभाग नै लैजान लागिएको श्रेष्ठले जनाए ।

