मोबाइल र गरगहना चोरी गरेको अभियोगमा दुई पक्राउ

पूर्णपुष्टि, मंसिर २६
मोबाइल र गरगहना चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ बस्ने १८ वर्षीय कल्याण श्रेष्ठ र सुनसरी धरान उपमहानगरपालिका–२२ पञ्चकन्या बस्ने २८ वर्षीय मनकुमार विकलाई प्रहरीले पक्राउ परेको हो ।
झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका–९ स्थित तल्लो मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट नोकियाको एउटा मोबाइल, सोही ठाउँकी सङ्गीता लिम्बुको आइटेल कम्पनीको एउटा मोबाइल र सोही ठाउँकी झुमादेवी ढुङ्गाना आचार्यको घरमा पाहुना आएकी अर्जुनधारा नगरपालिका–११ बस्ते शोभादेवी ढुङ्गानाका चार थान सुनको औँठी, एक थान पञ्चरत्न बाला‚ दुई थान कानमा लगाउने सुनका टप, एक थान माइली तिलहरी चोरी भएको थियो ।
मोबाइल तथा गरगहना घरबाटै चोरी भएपछि पीडितले इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि खोजतलास गर्ने क्रममा श्रेष्ठलाई मेचीनगर–१० नन्दा पेट्रोलपम्प नजिकैबाट र विकलाई मेचीनगर–९ खुट्टेडाँगीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयोे ।
प्रहरीले उनीहरूका साथबाट चोरी गरेका सरसामान पनि बरामद गरेको छ । यता पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: