
पूर्णपुष्टि, जेष्ठ २०
मोरङको कर्सिया बजारमा आगलागी हुँदा लाखौं क्षती भएको छ । धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षती भएको हो ।
रंगेली–२ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल र रंगेली–२ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।
कोरोना महामारीको समयमा खाजा पसल र फर्निचर उद्योगसमेत बन्द भएको समय विद्युत सट भई आगलागी भएको रंगेली प्रहरीले जनाएको छ ।
आगलागी बिहान ९ बजेदेखि सुरू भएको र डेढ घन्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कार्की होटलमा रहेको ग्यास, फ्रिजलगायत १० लाख बराबरको क्षति भएको छ ।
फर्निचर उद्योगमा रहेको काठ, फर्निचर, मोटरलगायत ६० लाख बराबरको क्षति भएको राजेन्द्र शर्माले बताए ।
आगो नियन्त्रणका लागि रंगेली, कानेपोखरी र विराटनगरबाट आएको दमकल तथा नेपाल प्रहरी, ससस्त्र प्रहरी, स्थानीयले २ घन्टा पछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएका थिए ।
