Wednesday, June 3News That Matters

मोरङबाट भारतिय नक्कली नोटसहित ३ जना पक्राउ

पूर्णपुष्टि, फागुन १५
मोरङको बिराटनगर महानगरपालिका–१३ स्थितबाट भारतिय नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दन कुमार ठाकर र ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुमलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहान साढे १० बजे बिराटनगर–१३ नहर चोक स्थितमा सि.आर.भि. जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका निजहरुको साथबाट ४८ वटा १०० रुपैयाँका भारतिय नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । नक्कली नोटसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।