
पूर्णपुष्टि,माघ १० । मोरङको सुन्दरहरैचा नगरपालिका–५,मा अर्कैको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ परेको छ । सोमबार दिउँसो बाँसबारीमा अवस्थित यातायातको ट्रायल सेन्टरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव छन्।
षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई प्र।१(०२(०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
