
उदयपुर
पूर्णपुष्टि,माघ १० । उदयपुर जिल्लाका त्रियुगा नगरपालिका १४, साउनेमा निशल्क आँखा शिविर तथा सामाजिक सुरक्षा भत्ता साथै न्यानो सिरक वितरण गरिएको छ । मंलवार वडा कार्यालयमै माछापुच्छ्रे बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण साथै मदन भन्डारी आँखा अस्पताल गाइघाट उदयपुर र वडा नं. १४ साउनेको साझेदारीमा निशुल्क आँखा सिविर सञ्चालन गरिएको हो
वडाले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै वडा कार्यालयको भवनमा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत तथा वडा अध्यक्ष हेम मगरले संयुक्त रुपमा न्यानो सिरक वितरण गर्नुभएको थियो । नगर प्रमुख बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दे स्थानीय वृद्ध,वद्धा तथा असक्त, अपाङहरुलाई बृद्धा भत्ता लिन गाईघाट जान नपर्र्ने र त्यहाँ पाउँने सेवा अव वडाबाटै थालिएको बताउनुभयो । उहाँले वडाका बृद्धाहरुको स्वास्थ्यलाई मध्यनगर गरेर वडाले शिविर साथै न्यानो सिरक वितरण गरेको वडाका स्थानीयहरुको लागि स्वगत योग्य रहेको बताउनु भयो । कार्यक्रम सकिए लगतै साउनेमा अवस्थित एक विद्यालयको अवलोकन गर्दै त्यहाँ रहेको विद्यालयको भौतिक अवस्था कमजोर भएको भन्दै नगरपालिकाले आगामी बजेटबाट उक्त विद्यालयका निर्माणका लागि ४ कोठे भवन निर्माण गर्ने योजना अघि बढाउँने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शिविर कार्यक्रम अन्तरगत साउनेका विभिन्न ठाउँबाट जस्तै सिम्ले, रातमाटे, भैसे ट्याम्के, किर्कीची, टोड्के, धाप्लाङ, बरगाछी, माझा गाउँ, सिरुडाढा, डहर बरडढा, निपाने,दियाले,पुङमाङ र साउने चोकका स्थानियहरुले प्रत्यक्षरुपमा सेवा लिएका थिए । स्थानीय जेष्ठ नागरिक,अपाङ्गता,एकल विधुवा महिला र जना दलित बालबालिका गरी जम्मा २१३ जनालाई पोषण भत्ता बाढेको वडाअध्यक्ष हेम मगरले बताउँनुभयो । उहाँका अनुसार हाल १६५ जनाले मात्र न्यानो सिरक वितरण गरेको अन्य ३० जनालाई छुट्नुहुनेहरुले वडा कार्यालयमा सम्र्पक गरेर लिन सक्ने बताउनुभयो ।

निशल्क आँखा शिविर अन्तरगत १५५ जनाले निशुल्क सेवा पाएका छन् । जस अनुसार ५८ जनाको आखाँमा समस्या देखिएपछि सेवाग्राहिहरुको आखाँको अप्रेशन गर्नु पर्ने अवस्था देखिएको डाक्टरले बताउनुभयो । शिविरबाट आखाँमा समस्या देखिएका सेवाग्राहिहरुलाई मदन भन्डारी आँखा अस्पताल गाईघाटले वडाको सिफारिसमा निशुल्क उपचार गरिदिने नेतृज्योती संघका सभापति भागवत राउतले बताउनुभयो ।






