Friday, July 17News That Matters

मोरङमा आग्लागी हुँदा एक जना मजदुरको जलेर मृत्यु

पूर्णपुष्टि, भदौ २ गते ।
मोरङमा आग्लागी हुँदा एक जना मजदुरको ज्यान गएको छ । जिल्लाको सुन्दरहैचा–११ मा आग्लागी हुँदा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको ज्यान गएको हो ।
बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मारङका डिएसपी एवम् दीपक श्रेष्ठले जनाएको छ । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।