
पूर्णपुष्टि, बैशाख २२
मोरङमा एमाले उम्मेदवारको घर पछाडी संकास्पद बस्तु फेला परेको छ । सुन्दरहरैंचा ११ स्थित वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडि प्रेसर कुकरमा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।
प्रेसर कुकरमा तार निकालेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तुलाई स्थानीय प्रहरीले घेरा हालेर उक्त ठाउँमा कसैलाई जान दिएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको श्रेष्ठले बताए ।

