Friday, May 22News That Matters

मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ३

मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको  छ । बुढीगंगा गाउँपालिका–२ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

गत साउन २५ गते विराट मेडिकल कलेजमा भर्ना भएकी महिलालाई पुन २७ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोरानाको रिपोर्ट नेगेटिभ आएपछि घर लगिए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा गतराति मृत्यु भएको अस्तालले जनाएको छ ।

प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएलगत्तै मृत्यु भएको जनाईएको छ ।