Sunday, June 28News That Matters

मोरङमा जिप दुर्घटना दुईको मृत्यु, एक घाईते

पूर्णपुष्टि, बैशाख २१ । मोरङको लेटाङमा जिप दुर्घटना भएको छ । लेटाङ नगरपालिका–७ भिरिङखामा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा जिप चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठ रहेका छन् ।

बुधबार साँझ भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका दियाली र श्रेष्ठको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर मृत्यु भएको हो । त्यस्तै अर्का गम्भीर घाइते भएका लेटाङ– ६ का ५५ वर्षीय रुद्र लम्सालको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।