Thursday, April 30News That Matters

मोरङमा तीन दिनदेखि हराएका एक बालकको शव फेला

पूर्णपुष्टि, कार्तिक २५
मोरङको बुढीगंगा गाउँपालिका–५ हात्तीमुडाका एक बालकको शव फेला परेको छ । उपेन्द्र रायका १४ वर्षीय छोरा निश्चल रायको शव बुधबार बिहान घरदेखि पूर्वपट्टिको सिंघीया खोलामा मृत अवस्थामा फेला परेको हो । निश्चल कात्तिक २२ गतेदेखि हराएका थिए ।
तीन दिनदेखि हराएका निश्चलको शव घरदेखि करिब एक किलोमिटर पूर्वमा रहेको सिंघीया खोला छेउमा फेला परेको मोरङ प्रहरीले जनाएको छ । बालकको शव कपडा खोलेको अवस्थामा फेला परेको प्रहरीको भनाइ रहेको छ । घट्नाबारे अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।
घटना रहस्यमय रहेको भन्दै मृतकका परिवारले हत्या गरेर छोराको शव फालेको भन्दै घटनाको अनुसन्धानका लागि माग गरेका छन् । छोरा हराएको लिखत उजुरी प्रहरी कार्यालयमा समयमै दिँदा पनि प्रहरीले गम्भीर रूपमा खोजी नगरेको परिवारको आरोप छ ।