Thursday, April 30News That Matters

उदयपुरमा राष्ट्रिय जनगणना २०७८ को काम आजबाट धमाधम सुरु (फोटोफिचरसहित)

पुजा राजधामी
पूर्णपुष्टि, कार्तिक २५
देशैभर आजबाट १२ औं तथा वृहत राष्ट्रिय जनगणना २०७८ को काम सुरु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–११ मा जिल्ला समन्वय समितिको प्रमुख खडग बहादुर परियार दर्नालको घरबाट विवरण टिपोट गरि जनगणना कार्य सुरु गरिएको हो ।
जिसस प्रमुख परियाको पारिवारिक विवरण संकलन गरि जिल्लामा गणना सुरु गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख शिव नारायण महतोले जनकारी दिनुभयो । गणनाको लागि उदयपुरमा १ सय ७ सुपरिवेक्षक र ४ सय ५४ जना गणक खटिएको महतोले बताउनुभयो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण टिपाउन महतोले आग्रह गर्नुभयो ।

पहिलो चरणको गणना पश्चात बिचमा दशैं तिहारको समयमा घर रङगाउदा लिप्दा घर–घरमा कोडिङ गरिएको नम्बर मेटिएकोले गणना कार्यमा चुनौती भएको फिल्डम खटिएका गणकहरुको भनाई रहेको छ । फिल्डमा काम गर्दै जादाँ पहिलो दिन भएकोले एक परिवारको मुख्य प्रश्नावली भर्नको लागि १ घण्टा सम्म समय लागेको गणकहरुको अनुभव छ ।

बिहीबारबाट देशैभर सुरु भएको गणना मंसिर ९ गते सम्म चल्नेछ । १५ दिनको अवधीमा ४० हजार गणकले प्रत्येक घर घरमा गई मुख्य प्रश्नावली भर्ने कार्य रहेको छ । गणनाको काम सुरु भएसंगै ८ हजार ५ सय जना सुपरिवेक्षकले गणकले गरेको कार्यको निरीक्षण गर्नुका साथै मार्गदर्शन गराउनु पर्ने हुन्छ ।