मोरङमा ब्राउनसगुर सहित एक महिला पक्राउ

पूर्णपुष्टि, पुष २८ मोरङको रतुवामाई नगरपालिका–३ महादेवाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरीगञ्ज गाउँपालिका–५ की ३५ बर्षीया सरस्वती शाह रहेकी छिन् ।

लागुऔषध ब्राउनसगुरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको टोलीले मंगलवार राती ८ बजे १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्स सहित उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकी महिलाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: