मोरङमा लागुऔषध गाँजा सहित ३ जना पक्राउ

पूर्णपुष्टि, पुष २७
मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनपालथान–२ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान–१६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राई पक्राउ परेका छन् ।

आईतवार बेलुकी सवा ३ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीको टोलीले उनिहरुको साथ बाट लागु औषध गाजाँ ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १–०२०–०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेकोरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: