Monday, May 4News That Matters

मोरङमा लेखा अधिकृत दुईलाख घुस सहित पक्राउ

पूर्णपुष्टि, २२ असार ।
मोरङमा घुस सहित लेखा अधिकृत पक्राउ परेको छ । जिल्लाको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकृत शेखर खनाललाई दुई लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनको लागि उनले घुस माग गरेका थिए । घुस मागेको भन्ने सूचना पाएपछि इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको प्रवक्ता दाहालले बताए।