मोरङ बेलबारी–४ का सुरज भुजेल एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

पूर्णपुष्टि, पुष २०
मोरङ बेलबारी ४ पञ्चज्योती स्कुल टोलका ३० वर्षीय युवा सुरज भुजेल एक हप्तादेखि बेपत्ता भएका छन् ।
गत पुष १३ गते मङ्गलबार साँझ साढे ६ बजे घरबाट दुहबीस्थित आफ्नो डेरामा जान्छु भनि बस चढेर गएको भएपनि हालसम्म उनी सम्पर्क बिहीन रहेका छन् । उनकी बहिनी शान्ता भुजेलले इलाका प्रहरी कार्यालय बेलबारीमा खोजतलासको निवेदन दिएकी छिन् ।
प्रहरीका अनुसार ‘दाजु सुरज भुजेल दुहबी डेरा कोठामा जान्छु भनि घरदेखि बस चढी गएकोमा हालसम्म कोठामा नगएकोले के कहाँ गयो भनि गाउँ घरलगायत आफन्तकोहरूमा खोजतलास गर्दा पनि फेला नपरेको हुँदा खोजतलास हुलियाँ परिपत्र गरि पाउँ,’ भनि निवेदनमा उल्लेख गरिएको छ ।

५ फिट ३ इन्च अग्लो, गहुँगोरो र अगाडि रातो धर्को भएको ज्याकेट, कालो जिन्सको पेन्ट र शरिरमा खैरो चक्लेटी रङको कपडा लगाएका उनी कहाँ गए भन्ने विषयमा कुनै जानकारी नभएको परिवारले जनाएको छ । उनको खोजीका लागि परिवार तथा आफन्तहरूले सबैसमक्ष अपिल गरेका छन् । उनको साथमा मोवाइलसमेत नभएको जानकारी दिँदै आफन्तहरूले भेटेको खण्डमा ९८२५३१३०२९ र ९८२७०६४४६३ नम्बरमा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: