
पुस २० गते ।
डिफेन्डिङ च्याम्पियन एफए कपको चौथो चरणमा म्यान्चेस्टर सिटी प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा डिभिजनको पोर्ट भेललाई ४–१ गोल अन्तरले चौथो चरणमा प्रवेश गरेको हो ।
सिटीको घरेलु मैदान इतिहास स्टेडियममा खेलमा भएको थियो । सिटिका फिल फोडेनले एक गोलसँगै एक एसिस्ट पनि गरेका थिए ।
सिटीका ओलेक्सान्दर जिनचेन्कोले २०औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा पोर्ट भेलका लागि टम पोपले गोल गर्दै खेल बराबरीमा र्पुयाएका थिए । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा सर्जियो एग्युरोले फोडेनको पासमा गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।
टेलर हारउड बेल्लिसले ५८औँ मिनटमा र फोडेनले ७६ औँ मिनेटमा गोल गर्दै सिटीलाई ४–१ गोलको अन्तरले जित हात पारेको हो ।
