Tuesday, June 2News That Matters

यसै शैक्षिक शत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

पूर्णपुष्टि, कात्तिक ३

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयमा कक्षा ११ को नयाँ पाठ्यक्रम लागु गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाएको हो ।

नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ । मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न पालिकालाई आग्रह गरेको छ ।

नयाँ पाठ्क्रमबारे पाठ्यक्रम विकास केन्द्रले यसअघि सूचना जारी गरिसकेको छ । पाठ्यक्रमको मुद्रणीय प्रति प्रकाशन तथा शिक्षक अभिमुखीकरणको तयारी गरेको छ ।