Tuesday, June 2News That Matters

राती ८ बजेदेखि विहान ५ बजेसम्म हिड्डुलमा कडाई, पाँचवटा ट्रक मुख्यचाैकमा रातभर राेकिए

पूर्णपुष्टि, कार्तिक ४ ।

स्थानीय प्रशासनले राती ८ : ०० देखि विहान ५ : ०० बजेसम्म हिड्डुलमा कडिकडाइ गरेको छ । सूचना नै जारी गर्दै प्रशासनले कडिकडाइ सुरु गरेको हो । गएरातीमात्र गाईघाटको मुख्यचौकमा पाँचवटा मालवाहक ट्रक लगायत केही सवारी साधन तथा मानिसहरुलाई हिड्डुलमा प्रहरीले रोकेको थियो । ती पाँचवटा ट्रक खसीबाख्रा बोकेर काठमाडौं हिडेको थियो । गाईघाटदेखि हिडेको ती ट्रकहरुलाई राती करिब १० ः ३० बजेको समयमा प्रहरीले रोकेको थियो । राती रोकेकोमा रातभर चौकमै रोकेर विहान ५ ः ०० बजेमात्र छाडिएको प्रहरीले जनाएको छ ।

प्रशासनले चाँडबाँडको मुखमा कोरोनाको संक्रमण बढ्दै गएको र जोखिम उच्च रहेकाले रातीको समयमा हिड्डुल बन्द गराएको हो । अवको समय हुस्सु आउने भएकाले पनि सवारी दुर्घटना न्यूनिकरणका लागि पनि रात्री सवारी आवागमन तथा हिड्डुल बन्द गरेको हो ।

रातीको समयमा हिड्डुल बन्द गरिदा चोरी चकारीमा पनि कमी हुने प्रहरीको भनाई छ । दशैं, तिहार, छठ जस्ता खास पर्वहरुको बेला चौरी, तस्करी बढ्को गरेको पाइन्छ । यसप्रति सर्बसाधारणहरु पनि सचेत रहन प्रशासनको आग्रह छ ।