Thursday, April 23News That Matters

यस्तो बन्यो लिमचुङबुङ गाउँपालिकाको प्रशासकिय भवन

पूर्णपुष्टि, असार ६ । लिम्चुङबुङ गाउँपालिकाले लामो समेपछि आफ्नै प्रशासकीय भवन पाएको छ । स्थानीय सरकारको दुई कार्याकाल पछि पालिकाले व्यवस्थित प्रसाशकीय भवन पाएको हो । उक्त भवनको उद्घाटन वन पर्यटन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले गरेको छ । उदयपुरको बिकट पालिकाको रुपमा विकासित बन्दै आएको उक्त पालिकाको भवनबाटै सेवा विस्तार भएको हो । बुधबार मात्रै मन्त्री बुर्जा र पालिका अध्यक्ष मेजर कुमार राईले संयुक्त भवन उद्घाटन गरेपछि कर्मचारी र पालिकावासीहरुमा खुसी छाएको छ ।

भवन उद्घाटन गर्दै मन्त्री बुर्जा मगरले गाउँपालिकाको सुविधा समपन्न नयाँ प्रशासकिय भवनबाट जनता लाभान्वित हुने बताए । जनताले सरल रुपमा छिटो, छरितो सुविधा पाउने विश्वास लिएको छु ‘मन्त्री बुर्जा मगरले भने’ जनताको समस्या समाधान गर्न सहयोग आफुले पनि अन्य सहयोगहरु गर्नेछु । उनले पहिले पनि सेवा प्रभावकारी नै रहेको जनाउँदै अव थप सहज र प्रभावकारी सेवा पालिकाले दिने मगरले जनाए । संघिय सरकारको आर्थिक मन्दीका कारण प्रदेश सरकारले गाउँपालिकाको जनताको सडकको माग तत्कालै समाधान हुन नसक्ने बताउनुभयो । बजेट अभावको कारण सडक पक्कि गर्न समस्या देखिएको मन्त्री बुर्जा मगरले बताए ।

गाउँपालिका अध्यक्ष मेजर कुमार राईले लिमचुङबुङ्गका जनताले इतिहास रचेको बताएका छन् । गाउँपालिकाले एउटा नेतृत्व अभ्यास गर्ने प्रशासकिय भवनको उद्घाटन गरेका बताए । प्रशासकिय भवनबाट जनतालाई दिने सेवा पारदर्शी र जवाफ देहि हुने कार्य गर्न कर्मचारीलाई निर्देशन समेत अध्यक्ष राईले दिएका छन् । सेवा लिन आएको जनताको काम के कारणले भएन प्रष्ट रुपमा कर्मचारीले बताउनुपर्ने बताए । कानुनले दिदैँन, नितिले दिदैँन, विधिले दिदैँन वा प्रकृया मिलेन प्रष्ट रुपमा बताएर जनताको विश्वास सधै कायम रान्ख अनुरोध गरेका छन् ।