याक्थुङ (लिम्बु) कर्मचारी मञ्चको केन्द्रीय अध्यक्षमा टार्जन लिम्वु

पूर्णपुष्टि ६ असोज ।

याक्थुङ (लिम्वु) कर्मचारी संघको केन्द्रीय अध्यक्षमा टार्जन (इजम) लिम्वु चयन भएको छ । असोज ६ गते काठमाण्डौँमा सम्पन्न प्रथम केन्द्रिय साधारण सभाबाट लिम्वुको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्बसहमत चयन भएको हो । समितिको उपाध्यक्षमा विशाल नेम्वाङ र फुलमाया मन्याङ्बो छन भने सचिवमा मनकुमार थलङ, कोषाध्यक्ष अस्मिता सुब्बा रहेकी छिन् ।

सदस्यहरुमा अमृत सम्हाम्फे, रामकुमार लिम्बु, जितेन लिम्बु, लोकप्रसाद फागो, प्रकाश योङहाङ, राम मादेन, पवित्रा सुब्बा, शिशिर योङहाङ, ममता सुब्बा र चन्द्रमाया लिम्बु रहेकी छिन् । किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिका अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममलाई लिम्बु सांस्कृतिक परिषदका अध्यक्ष गोविन्द्र आङबुहाङ, किराँत याक्थुङ चुम्लुङ ललितपुरका अध्यक्ष टंक जबेगु, किरात याक्थुङ चुम्लुङ काठमाडौंका अध्यक्ष डम्बर तुम्बाहम्फे, सुनुवार कर्मचारी समाजका अध्यक्ष अमरदीप सुनुवार, किराँत राई कर्मचारी मञ्चका महासचिव अबिलाल राई, लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष नितेश सिंघकले शुभकामना ब्यक्त दिएका थिए ।

सार्वजनिक सेवामा आबद्ध लिम्बू कर्मचारीहरुबीच सहकार्य, सहयोग र समन्वयलाई संस्थागत गर्ने उद्देश्यले मञ्च गठन गरिएको हो । २०७९ श्रावण १४ गते टार्जन ९ईजम० लिम्बूको संयोजकत्व, ल्युमा सुब्बाको सह९संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति बनेको थियो ।

तत्कालिन अवस्थामा तदर्थ समितिको प्रमुख जिम्मेवारीमा संस्थाको विधान निर्माण गर्ने, प्रचलित ऐन बमोजिम संस्था दर्ता काम सम्पन्न गराई अधिवेशन गरिएको थियो । २०७९ साल चैत्र ३० गते संस्था दर्ता ऐन, २०३४ बमोजिम विधिवत रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा संस्था दर्ता गराई संगठन अगाडी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0