Thursday, April 23News That Matters

यातायात कार्यालयका एक कर्मचारीमाथि कुटपिट

उदयपुर, बैशाख १६ ।
यातायात ब्यवस्था सेवा कार्यालय गाईघाटका एक कर्मचारीलाई कार्यकक्षमै चारजनाको समुहले आज कुटपिट गरेको छ । कार्यकक्षमा कोठा थुनेर त्रियुगा नगरपालिका ११ का सौगात केसीको नेतृत्वमा आएको समुहले कर्मचारी मेकानिकल सुपरभाइजर पुष्पेन्द्र कुमार यादवमाथि कुटपिट गरेको हो । कुटपिट गर्ने केसी शिवशक्ती ब्लक उद्योग गैरुनका प्रोपाइटर हुन् ।
केसीले प्रक्रियामा आउनुपर्ने काम प्रक्रियामै नआइ छिटो गर्न दवाव दिएको र विवाद परेपछि कुटपिट गरेको कार्यालयले जनाएको छ । ट्रकमा क्रेन लगाएको र सो कार्यालयबाट स्विकृति लिन खोज्दा प्रक्रियाको बारेमा विवाद परेको बुझिएको छ ।
कार्यालयले दिननहाडै डिउटीको सिलसिलामा कर्मचारी कुटिएको भन्दै दोषीलाई पक्राउ गरी कारवाहीको मागसहित प्रहरीलाई उजुरी गरेको छ ।