
पूर्णपुष्टि, साउन ३ । श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा युएई ‘ए’ ले नेपाललाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४४ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको हो ।
युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे । ८२ बल खेलेका सिंहले कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि ५२ रन बनाए । अर्का ओपनर आयान्स शर्मा १४ रनमा कुशल मल्लको बलमा पवन सर्राफबाट क्याच हुन पुगेका थिए । त्यस्तै अश्वन्त वल्थापाले १६ रन, निलन्सले ९ रन, मोहम्मद फराजुद्दीन र पहद नवाजले ४–४ रन, अनिस तन्डनले ३ रन र अलि नासिरले १ रन बनाए । नेपालका लागी कुशल भुर्तेलले ६ विकेट लिए भने श्याम (मौसम) ढकालले २ र कुशल मल्ल र पवन सर्राफले १–१ विकेट लिए ।
यसअघि भारत र पाकिस्तानसँगको दुबै खेलमा हारेको नेपार र युएई समुह चरणबाटै बाहिरिसकेको छ । समुह ए बाट भारत र पाकिस्तान सेमिफाईनल पुगेको छ भने आज हुने दुई बिचको खेलले समुह बिजेता र उपबिजेता छनोट हुनेछ । यस्तै समुह बी बाट श्रीलंका समुह विजेता र बंगलादेश उपबिजेता हुँदै सेमिफाईनलमा पुगिसकेको छ ।
