Tuesday, June 2News That Matters

युट्बमार्फत चरित्र हत्या गरेको अभियोगमा वाइबा पक्राउ

पूर्णपुष्टि, चैत ७ ।
युट्ब च्यानमार्फत पीडितको मानमर्यादा र चरित्र हत्यता गरेको अभियोगमा एक महिला पक्राउ गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका–३ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–१० कि ३० वर्षकी शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।
सेलेब नेपाल र एवान मिडिया च्यानलमार्फत भ्रामक र अनर्गल वक्तव्यबाजी गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले बाइबालाई नियन्त्रमा लिएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा ४ चैतमा चितवनबाट पक्राउ गरेको साइबर ब्यूरोले जनाएको छ । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति पनि लिइसकेको छ ।